जनता टाइम्स

३ श्रावण २०८१, बिहीबार १६:२१

देशको हालत सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, हामीले बदल्नै पर्छ : प्रधानमन्त्री


काठमाडौं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको प्रष्ट पार्नुभएको छ ।

इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको इतिहास प्रशंसा लायक भए पनि अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताउनुभयो । देशलाई अहिलेको बिग्रिएको अवस्थाबाट उज्यालो तर्फ लैजानु आजको आवश्यकता रहेको ओलीले बताउनुभयो ।

ओलीले सरकार देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको स्पष्ट पार्नुभयो । देशको इतिहास प्रशंसा लायक भए पनि अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताउनुभयो । ‘देशलाई अहिलेको बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता हो । आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अहिले देशको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्वल भएको ओलीले बताउनुभयो । यसमा कुनै शंका नगरी देश निर्माणको काममा लाग्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । ‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ओलीले इञ्जिनियर देश बनाउने हात भएकोले देश निर्माणको काममा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले अप्ठेरा खोज्ने होइन, समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसमा ढुक्क हुन समेत आग्रह गर्नुभयो ।