काठमाडौं, ४ साउन । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो । युएईका लागि खुशी शर्माले सर्बाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्बाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए । अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दैछ भने युएईले आइतबार नै भारतको सामना गर्दै छ ।
प्रतिक्रिया दिनुहोस्