जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार ११:०१

एनआरएनए अमेरिका निर्वाचन : डालसमा लाग्यो ‘एनआरएनए सिण्डिकेट मुर्दावाद’को नारा


टेक्सस, अमेरिका बैशाख २३

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन मिति नजिकिँदै जाँदा बर्तमान नेतृत्वको बदमासी एकपछि अर्को रुपमा भण्डाफोर हुन थालेको छ ।

बर्तमान कार्यसमितिका पदाधिकारीले सदस्यता बितरणमै धाँधली गरेको बिषयले प्रमुखता पाउन थालेपछि टेक्ससको डालसमा रहेका नेपाली समुदायले एनआरएनए सिण्डिकेट मुर्दावाद भन्दै आम अमेरिकाबासी नेपालीको आवाज बुलन्द गरेका छन । नेजा-एनआरएनए बहश कार्यक्रममा एनआरएनए अमेरिकालाई सवैको बनाउन नदिई आफ्नो खल्तीको संस्था बनाउने काममा बर्तमान कार्यसमितिका पदाधिकारी लागेको तथ्य खोल्दै दिनेश शर्माले एनआरएनए सिण्डिकेट मुर्दावादको नारा लगाउनु भएको हो ।

एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार बनेका सुनिल साह नै सिण्डिकेट लादने अभियानका एक योजनाकार रहेको पनि कार्यक्रममा नेपाली समुदायले बताएका छन । ‘पेनड्राइभमा भोट राखेर चुनाव जित्ने शैली आपत्तिजनक छ, बर्तमान कार्यसमितिका अध्यक्ष र बरिष्ठ उपाध्यक्षले यस्तो काम गर्नुभएको छ, अव हामी सवैले एक भएर भन्नुपर्छ, एनआरएन सिण्डिकेट मुर्दावाद,’ शर्माले भन्नुभयो ।

शर्माले लामो समयदेखि सर्वर डाउन गर्ने एनआरएनए अमेरिकाको नेतृत्वको कालो कामलाई भिडियोसहित भण्डाफोर गर्दै आउनुभएको थियो । सुधारका लागि सवै अमेरिकाबासी नेपालीले आग्रह गर्दा पनि धाँधलीको योजनासहित पेनड्राइभमा भोट राख्ने र मतदाताबाट नभई आफैले धाँधली गरेर जित्ने अभियानमा लागेपछि डालसमा सार्वजनिक रुपमा नेपाली समुदायले एनआरएनए अमेरिकाको सिण्डिकेट मुर्दावाद भन्ने नारा लागेको हो । यो नारा लाग्दा डालसमा उपस्थित सवै नेपाली समुदायले तालीले समर्थन गरेका थिए ।

हेर्नोस भिडियो

त्यसो त शर्माले भिडियोमार्फत एनआरएनए अमेरिकाको बदमासीलाई भण्डाफोर गर्नुभएको छ । उहाँको प्रमाणसहितको भण्डाफोरको भिडियो हेर्नाेस