जनता टाइम्स

२२ आश्विन २०७६, बुधबार ०८:५१

टि–ट्वान्टी क्रिकेट नेपाल बलियो आयरल्याण्डसँग भिड्दै


काठमाडौं, असोज २२

टि–ट्वान्टी क्रिकेटमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । ओमानमा जारी पेन्टागुलर सिरिज अन्तर्गत नेपाली समय अनुसार सवा ११ बजे प्रतिष्पर्धा गर्न लागेको हो ।

लगातार दुई खेल जितेको नेपाल मनोबल उच्च भएपनि आयरल्याण्ड सशक्त टोलीका रुपमा आएको छ । सिरिज जित्नका लागि आयरल्याण्डविरुद्धको खेल महत्वपूर्ण हुनेछ । टेस्ट वरियताको १२औं स्थानमा रहेको आयरल्याण्ड एक दिवशीय वरियताको ११औं स्थानमा छ । टि–२० वरियतामा भने आयरल्याण्ड नेपालभन्दा पछि छ । नेपाल १२औं स्थानमा छ भने आयरल्याण्ड १५औं स्थानमा छ ।

आयरल्याण्डले भने यो सिरिजको अन्तिम खेल नेपालसँग खेल्न लागेको हो । यसअघिको तीन खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको आयरल्याण्डले ओमानसँग भने ४३ रनको पराजय भोगेको थियो । हङकङलाई भने उसले ६६ रनले हराएको थियो । नेपालले भने हङकङ र नेदरल्याण्ड्सलाई समान ४ विकेटले पराजित गर्न सफल भएको थियो ।