जनता टाइम्स

२२ आश्विन २०७६, बुधबार १९:४८

युवती अपहरण गरी लैजादै गर्दा सिरहामा ३ अपरहणकारी पक्राउ, २ फरार


शुभ नारायण कामती

सिरहा, २२ असोज

सिरहा नगरपालिकाबाट अपरहणमा संलग्न गाडी सहित तिन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्तीटोलीले सिरहा नगरपालिका–९ बाट अपहरणमा संलग्न तिन जनालाई पक्राउ गरेको छ ।

भारतिय नम्वरको विआर ३२प.४२६२ नं.को स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएको १६ वर्षीय युवतीलाई अपहरण गरी लगी रहेको अवस्थामा प्रहरीले ३ जनालाई नियन्त्रण लिएको छ । उक्त गाडीमा अझै दुई जना सवार रहेको र उनीहरु प्रहरीलाई देखेर भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । श्रोतका अनुसार यो घटना आज विहानको हो तर प्रहरीले हाल सम्म सार्वजनिक नगर्नु र पक्राउ परेका व्यक्तिहरुको नाम समेत सार्वजानिक नगर्नु शंकाको विषय वनेको छ ।