जनता टाइम्स

२२ आश्विन २०७६, बुधबार २०:२४

आन्दोलनकारीको घेरामा पर्ने माइतीघर मण्डलाले फेर्यो रुप


काठमाडौं, असोज २२

चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणलाई मध्यनजर राखेर सरकारले अहिले राजधानी सरसफाइलाई विशेष ध्यान दिईरहेको छ । सि हिड्ने बाटोमा विशेष ध्यान दिइएको छ ।

विभिन्न स्थानको सरसफाइ, रंगरोगन र मर्ममतसम्भार गरेर चिटिक्क बनाउने कार्य तदारुकताका साथ भइरहेको छ । यसै क्रममा माइतीघर मण्डलाको पनि रंगरोगन गरिएको छ ।

त्यसैपनि सुन्दर देखिने मण्डला रंग लगाइएपछि झनै खुलेको छ । यो क्षेत्र पछिल्लो पटक सबै आन्दोलनकारीको केन्द्र जस्तो बनेको छ । जसले गर्दा त्यहा रहेका बोटविरुवामा असर परेका थिए । अहिले त्यसलाई पनि मर्मत सम्भार गरिएको छ ।