कुवेत, साउन १३ । प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा रुपेन बिक्रम हमाल निर्वाचित हुनुभएको छ । कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा यही जुलाई २६ तारिक सम्पन्न चौथो अधिवेशनले हमालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा चुडाराज भट्टराई र नानु बराल सचिवमा शंकर पौडेल, उपसचिवमा टकबहादुर खड्का र भुवन ब्लोङ तामाङ तथा र आर्थिक बिभाग प्रमुखमा सान्ता भण्डारी चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा बिदुर कार्की, जयश्वर भण्डारी, गुलाम नवि मन्सुर, युवराज अधिकारी, सुमन्त खनाल, ज्ञान गजमेर, युवराज ढकाल, दुर्गा ढकाल, सूर्य वस्ती र बबिता बराइली चयन हुनुभएको छ । यस्तै अधिवेशनले चुल बस्याल, सन्दिप बराइली, नबराज आचार्य, कृष्णबहादुर तामाङ, नारायण श्रेष्ठ, हेममाया तामाङ, हिरमाया तामाङ, बिमल श्रेष्ठ, अशोक वस्ती, सन्त लम्साल, देवी दमाई, थिलेन लामा, उमर महर र हेमन्त नगरकोटीलाई कार्यसमिति सदस्यमा चयन गरेको छ ।
अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रवासी नेपाली मञ्चका इञ्चार्ज डा. राजन भट्टराई प्रमुख आतिथी र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष आतिथी हुनुहुन्थ्यो ।
मञ्चका अध्यक्ष राजु थापाको सभापतित्वमा भएको कार्यक्रममा सचिव शंकर पौडेलले सञ्चालन गर्नुभएको अधिवेशनमा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्साल, गैर आवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्लसहित कुवेतमा क्रियाशिल नेपाली बिभिन्न संघ संस्थाका पदाधिकारीहरु अतिथी हुनुहुन्थ्यो ।
नवनिर्वाचित अध्यक्षसहित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । सो अवसरमा संगठनको तर्फबाट निर्देशन दिँदै अध्यक्ष थापाले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि बढाउनु भएको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा प्रवासबाट दिल खोलेर सघाउन जरुरी रहेको बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्