पोल्याण्ड, साउन १४ । प्रवासी नेपाली मञ्च पोल्याण्डको अध्यक्षमा इश्वर देवकोटा निर्वाचित हुनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यतामा यही जुलाई २८ तारिक सम्पन्न चौथो अधिवेशनले देवकोटाको अध्यक्षतामा सर्वसम्मत रुपमा ३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले अक्षय रिजाल, आयुसा केसी, सचिवमा सुवास खतिवडा, उपसचिवमा सुमन थपलिया र दिप्ती मगरलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा जीवनसिंह ठकुरी, अक्कलबहादुर मगर, देवकी कुँवर, रन्जित गुरुङ, एलान श्रेष्ठ, रोशन पराजुली, नारायण गैरे र उज्ज्वल श्रेष्ठलाई चयन गरेको छ । यस्तै सिताराम बि, रामप्रसाद सुवेदी, नारायण वाग्ले, सरोज वस्ती, विशाल कार्की, निराजन आचार्य, सुलभ लामा, शुसिला थापा र फुलमाया तामाङलाई सदस्यमा चयन गरेको छ ।
यसैगरी अधिवेशनबाट भेषबहादुर प्याकुरेल, सत्यनारायण चौधरी, दिलिप लिम्बु, जाङ्वो शेर्पा, श्याम गुरुङ, प्रज्वल सुवेदी, सागर देवकोटा, सन्देश श्रेष्ठ, सविना घतामी, जितेन्द्र तामाङ र राजेश शर्मा वास्तोला सदस्यमा चयन हुनुभएको छ ।
प्रवासी नेपाली मञ्च पोल्याण्डका अध्यक्ष इश्वर देवकोटाको अध्यक्षता, उपाध्यक्ष राम सुवेदीको सञ्चालन र सदस्य भक्त साउदको स्वागत मन्तब्यसहित सुरु भई सम्पन्न भएको अधिवेशनको उदघाटन समारोहमा प्रमुख अतिथी प्रवासी नेपाली मञ्चका सचिव हेम शेर्पाले मञ्चको उदेश्य, आगामी दिनमा गर्नूपर्ने काम र मातृभूमि नेपालप्रतिको दायित्वबारे बिशेष जानकारी दिनुभएको थियो । अधिवेशनमा अन्तराष्ट्रिय कमिटीका उपसचिव बर्ण शाही, सचिवालय सदस्य तथा युरोप महादेश कमिटी इञ्चार्ज भक्त वाग्ले, अन्तराष्ट्रिय कमिटी सदस्य तथा पोल्याण्ड इञ्चार्ज कल्पना त्रिपाठी, अन्तराष्ट्रिय कमिटी सदस्यद्वय शिवकुमार वरुवाल र गोविन्द पौडेल बिशेष अतिथी रहनुभएको थियो ।
यसैगरी अबैतनिक महाबाणिज्यदूत डा. बोधराज सुवेदी, प्रवासी नेपाली मञ्चका सल्लाहकार परिषद सदस्य बिनोद ज्ञवाली, युरोप महादेश कमिटीका सचिव शालिकराम थपलिया, युरोप सल्लाहकार परिषद सदस्य अर्जुन गुरुङ, आनन्द घिमिरे, स्पेन अध्यक्ष केदार ढुगाँना, अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज पोल्याण्डको अध्यक्ष सुसन परियार, एनआरएनए पोल्याण्डका महासचिव पवन खड्कालगायतले पनि शुभकामना दिनुभएको थियो ।
अधिवेशनको उदघाटनपछि बन्दशत्र सञ्चालनका लागि प्रवासी नेपाली मञ्च युरोप इञ्चार्ज भक्त वाग्लेको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरिएको थियो । अध्यक्षमण्डलमा अन्तराष्ट्रिय कमिटीका सदस्यहरु शिबकुमार बरुवाल, कल्पना त्रिपाठी, गोबिन्द पौडेल र पोल्याण्डका संस्थापक अध्यक्ष टंक कटुवाल सदस्य रहनुभएको थियो । यस्तै युरोप कमिटी सचिव शालिकराम थपलिया संयोजक रहनुभएको ४ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सो समितिमा आनन्द घिमिरे, केदार ढंगाना र अर्जुन गुरुङ सदस्य रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्