जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार १०:००

आइतबार बिदा दिने सरकारको निर्णय


काठमाडौं, असोज २४

सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सुरक्षाको कारण देखाउदै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार सार्बजनिक बिदा दिने निर्णय गरेको हो । चिनियाँ राष्ट्रपति सी शनिबार अपरान्ह चार बजेको आसपास नेपाल आइपुग्दै हुनुहुन्छ । सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो । दुई दिने औपचारिक भ्रमण पुरा गरेर उहा आइतबार मध्यान्ह साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।