जनता टाइम्स

१९ श्रावण २०८१, शनिबार १५:४१

प्रवासी नेपाली मञ्चले सह्रानीय काम : दूतावासलाई बुझायो कुवेतमा ज्यान गुमाएकी महिलाको शव नेपाल पठाउन लाग्ने खर्च


कुवेत, साउन १९ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा ज्यान गुमाएकी झापाकी कल्पना भुजेलको शव नेपाल पठाउन आर्थिक सहयोग गरेको छ । प्रवासी नेपाली मञ्च कुवेतको पहलमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी श्रमिक राहत कोषवाट शव पठाउन लाग्ने रकम उपलब्ध गराएको हो ।

मञ्चले कुवेतस्थित नेपाली दूतावासलाई सो रकम उपलव्ध गराएको प्रवासी नेपाली मञ्च कुवेतका अध्यक्ष रुपेन हमाल ठकुरीले जानकारी दिनुभयो । रोजगारीको लागि कुवेत आएकी ४८ बर्षीया भुजेलको जुलाई १५ तारिक कुवेतको मुबारक अल कबिर अस्पतालमा मृत्यू भएको थियो ।

झापाको शिवसतासी नगरपालिका २ निवासी भुजेलको शव मुबारक अस्पातालमै रहेको सूचना पाएपछि प्रवासी नेपाली मञ्न्च अन्तर्राष्ट्रिय कमिटी श्रमिक राहत कोषमार्फत सहयोग उपलब्ध गराइएको हो । मञ्चका अनुसार मृतक भुजेल अबैधानिक रहेको कारण कानूनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउन समस्या भएपनि मञ्च र दूतावासको पहलमा आइतवार नेपाल पठाउने टुंगो भएको अध्यक्ष हमालले जानकारी दिनुभयो ।

सोही अनुसार सरकारको नियमअनुसार गर्नुपर्ने प्रकृया परा गर्नको लागि लाग्ने लागत बाफत ३ सय ८५ कुवेती दिनार (नेपाली रुपैया एक लाख अरसठ्ठी हजार) प्रवासी नेपाली मञ्न्च कुवेतले दूतावसलाई हस्तान्तरण गरेको हो । कुवेतमा सरकारी प्रकृया नपुर्याई शव नेपाल पठाउन नपाइने भएको कारण सो रकम आवश्यक परेको थियो । कुवेतस्थित नेपाली दूतावसले दिएको जानकारी अनुसार मृतक भुजेलको शव आइतबार नेपाल पठाउने गरी प्रकृया पूरा भएको छ ।

प्रवासी नेपाली मञ्चको यो कामलाई कुवेत मात्र नभइ मध्यपूर्वमा रहेका सवै नेपाली कामदारले उच्च प्रसंशा गरेका छन । प्रवासमा रहेका नेपाली पीडामा पर्दा कुनै पनि संस्था अघि नसरेको बेला मञ्चले मानवीयता देखाएर नेपालीको पीडामा मल्हम लगाउने काम गरेको भन्दै उनीहरुले प्रसंशा गरेका हुन । उनीहरुले प्रवासी नेपाली मञ्चको यो कामलाई प्रवासमा रहेका नेपालीहरूको एकता र सहयोगको उदाहरण भनेका छन ।