जनता टाइम्स

१९ श्रावण २०८१, शनिबार २१:३९

आश्मा केसीले जितिन मिस नेपालको ताज


काठमाडौं, साउन १९ । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो ।

मिस नेपाल इन्टरनेशनलको उपाधि भने करुणा रावतले जित्नुभयो । यस्तै मिस नेपाल अर्थको उपाधि सुमना केसीको हातमा पर्यो । यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए ।

शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा ११ निर्णायकका रुपमा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारी रहनुभएको थियो । कार्यक्रममा सन् १९९४ मा पहिलो मिस नेपाल घोषणा भएकी प्रथम सुन्दरी रूवी राणाले मिस नेपालले ३० औं वर्षको यात्रा पूरा गरेकोमा शुभकामना दिनुभयो ।