जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार १६:२०

महरा यौन दुर्ब्यवहार प्रकरण : रोशनी शाहीले निकालिन फेरि अर्को आश्चर्यजनक बिज्ञप्ती


काठमाडौं, असोज २४ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले फेरि अर्काे बिज्ञप्ती निकालेकी छन । शाहीले आज हस्त लिखित बिज्ञप्ती जारी गर्दै महरालाई बेहोसी अवस्थामा बलात्कारको आरोप लगाएको भन्दै प्रहरीले बन्धक बनाएर मानसिक दबाब दिएपछि महराबिरुद्ध जवरजस्ती करणीको मुद्दा दर्ता गरेको बताएकी हुन ।

पत्रकार सम्मेलनमार्फत यो कुराको जानकारी गराउने सोचेपनि प्रहरीको निगरानीका कारण सम्भव नभएको जिकिर पनि शाहीले बिज्ञप्तीमा गरेकी छन । बिज्ञप्तीमा महरा निर्दोष रहेको भनी आफूले असोज १५ गते प्रहरीमा दिएको निवेदन नै आधिकारिक भएकोसमेत बताएकी छन । आफूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न खोजेको तर प्रहरीले रोकेको शाहीको आरोप छ । उनले आफ्नो स्वास्थ्य अवस्थाको फाइदा लिंदै पत्रकार जवरजस्ती कोठामा आएर अन्तर्वार्ता लिएको र आफ्नो अनुमति विना प्रशारण गरेको आरोप पनि लगाएकी छन् । उनले आफ्नो अनुमतिविना अन्तर्वार्ता सार्वजनिक भएको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा हाल्ने धम्की दिएकी छन ।

शाहीले बलात्कारको आरोप लगाएपछि महरा सभामुखबाट पदमुक्त भइसकेका छन भने सांसद पदसमेत निलम्बनमा परेको छ । प्रहरी हिरासतमा रहेका महराको बचाउमा शाहीको यो दोस्रो बिज्ञप्ती हो । यसअघि उनले बलात्कारको आरोप लगाएको २४ घण्टाभित्रै भिडियो मार्फत आफ्नो पहिचान खोल्दै निर्दाेष रहेको बताएकी थिइन भने पतिसँग सम्बन्ध बिच्छेदपछि महराबिरुद्ध आफै महानगरीय प्रहरी प्रभाग तिनकुने पुगेर जवर्जस्ती करणीको मुद्दा दर्ता गरेकी थिइन । महरा शाही प्रकरणमा यसबीचमा थुप्रै पर्दा खुलिसकेपछि फेरि अर्काे बिज्ञप्ती शाहीले निकालेकी हुन । यता महराले शाहीसँग पारिवारिक सम्बन्ध रहेको बयान सरकारी वकिलको कार्यालयमा दिएका छन ।