कञ्चनपुर, २६ साउन । कञ्चनपुरबाट भन्सार छलीका सुर्ती र बिडी बरामद गरिएको छ ।
बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६९ हजार ४ सय मूल्य बराबरको चिनी, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्