जनता टाइम्स

२७ श्रावण २०८१, आईतवार १९:२४

ओएनएफ जापान गुन्माकेन क्षेत्रीय कमिटी अध्यक्षमा ममता बिश्वकर्मा, यस्तो बन्यो कामकाजी टीम


जापान, साउन २७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापान क्षेत्रीय कमिटी गुन्माकेनको अध्यक्षमा ममता बिश्वकर्मा निर्वाचित हुनुभएको छ । गुन्माकेनको ओईजुमी शहरमा आज (अगष्ट ११ तारिक) सम्पन्न दोस्रो अधिवेशनले बिश्वकर्मालाई सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा शिसिर तामाङ, सचिवमा रमेश श्रेष्ठ र उपसचिवमा पवित्रा भारती (गिरी) तथा उज्वल मोक्तानलाई सर्वसम्मत निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा ईश्वर मराशिनी, रष्मी वाईवा, सुशिला सुवेदी, रामबहादुर विश्वकर्मा, भिष्म भुषाल, माधव ढकाल, प्रकाश थापा, बिजय कार्की, संजिव बस्नेत र छेवाङ शेर्पालाई निर्वाचित हुनुभएको छ । अधिवेशनले अध्यक्षसहित सिंगो कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशन आयोजक कमिटीका अध्यक्ष नासिर मियाँको अध्यक्षता र सचिव ममता विश्वकर्माको सञ्चालनमा भएको उदघाटन समारोहमा प्रमुख अतिथी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा जापान इञ्चार्ज सुरेश केसी हुनुहुन्थ्यो । अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मञ्च पूर्वीएशिया तथा ओसिनिया ईन्चार्ज डा. सूर्य पाठक, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा पूर्वीएशिया इञ्चार्ज भक्त गुरूङले पठाउनु भएको लिखित शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

उदघाटनपछि भएको बन्द सत्रमा प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीका अध्यक्ष कुलचन्द्र खरेलको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरिएको थियो । अधिवेशनले संगठनका सांगठानिक, आर्थिक प्रतिवेदनलाई पारित गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको हो ।

अन्तराष्ट्रिय कमिटीका सदस्य तथा जापान इञ्चार्ज केसीले दोस्रो अधिवेशन निकै फलदायी बनेको बताउनु भयो । उहाँका अनुसार अधिवेशनबाट आयोजक कमिटी, क्षेत्रीय प्रतिनिधि तथा उपस्थित अतिथिहरूलाई भावनात्मक रूपमा अन्तर्राष्ट्रिय कमिटि र पार्टी हेडक्वार्टरसंग जोड्ने काम भएको छ ।

केसीले दुई बर्ष अघि संगठन कमिटीको रूपमा गठन गरिएको उक्त कमिटीले दोस्रो अधिवेशनसम्म आइपुग्दा ४२ जना पार्टी सदस्यबाट नेतृत्व निर्माण गरी पार्टी कमिटी बनाउन सफल भएको जानकारी पनि दिनुभयो ।