जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार १९:२०

नेपालमा राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको त्यो पहिलो भेट


काठमाडौं, असोज २५

नेपाल भ्रमणमा रहनु भएका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विमानस्थलमै भेट गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई प्रधानमन्त्री ओली लगायत मन्त्रिपरिषद्का सबै सदस्यलाई परिचय गराउनु भएको हो ।

परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । यद्यपी औपचारिक भेटवार्ता भने आइतवार विहान सोल्टी होटलमा हुने कार्यक्रम रहेको छ ।