काठमाडौं, साउन ३२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हरेक राष्ट्रिय कमिटीमा २ सय देखि ४ सयसम्म सदस्य बनाउन प्रवासी नेपाली मञ्चलाई निर्देशन दिनुभएको छ ।
बुधवार राती भएको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको १८औं सचिवालय बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिनुभएको हो । मञ्चका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलका अनुसार बैठकमा सम्बोधन गर्दै महासचिव पोखरेलले प्रवासको कामलाई पार्टीले निकै महत्व दिएको भन्दै अव हरेक राष्ट्रिय कमिटीहरु त्यसैअनुसार परिचालित हुनुपर्ने पार्टीको प्रष्ट बटमलाइनसहित निर्देशन दिनुभएको छ ।
‘अब प्रवासी नेपाली मञ्च हिजो अस्तिको तौर तरिकाले चलेर हुँदैन । नयाँ जोश र जाँगरसहित अघि बढनुपर्छ । एउटा राष्ट्रिय कमिटीले कम्तीमा पनि दुई सयदेखि चार सय जनासम्म पार्टी सदस्य बनाउने योजनासहित अघि बढनोस,’ बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो । प्रवासी नेपाली मञ्चले कम्तीमा दुई सय सदस्य बनाउने गरी योजना बनाएर काम अघि बढाइरहेको छ । महासचिव पोखरेलले सो कामको सराह्रना गर्दै थप बिस्तारको योजनासहित अघि बढन निर्देशन दिनुभएको हो ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेको अन्तर पार्टी निर्देशनअनुसार परिवर्तन हुनुभएका इञ्चार्जको स्वागत र इञ्चार्ज डा. राजन भट्टराईलाई बिदाई गरिएको छ ।
एमालेले अन्तराष्ट्रिय कमिटीको इञ्चार्जसीप केन्द्रीय कार्यालयले नै हेर्ने गरी तीन जना नेतालाई भूगोल छुट्याएर इञ्चार्ज तोकेको छ । जसअनुसार युरोप अमेरिका महादेशमा घनश्याम पाण्डे, पूर्वएशिया तथा ओसियाना क्षेत्रमा डा. सूर्य पाठक र मध्यपूर्वमा उमाशंकर अरगरियालाई इञ्चार्ज तोकिएको छ ।
महासचिव पोखरेल र अध्यक्ष थापासहित पदाधिकारीले निवर्तमान इञ्चार्ज भट्राईलाई धन्यवादसहित बिदाई र नयाँ तीन जना इञ्चार्जलाई स्वागत गर्नुभएको थियो । सचिव हेम शेर्पाले सञ्चालन गर्नुभएको बैठकमा प्रवासमा निस्वार्थका साथ प्रवासी नेपाली मञ्चका सदस्य बढाउने गरी अघि बढने निर्णय लिएको छ ।
बैठकमा सचिवालय सदस्यहरुले प्रवासमा रहेर काम गर्दाको समस्याबारे पार्टी जानकार रहेको भन्दै र काम प्रवासी नेपाली मञ्चलाई पार्टीको हैसियत तोकेर अपानिमा समावेश गर्न माग गरेका छन । अपानिमा समावेश भएर नआउँदा प्रवासमा रहेका काम गर्नेहरुको बीचमा नै दुविधा रहेको र मनोवल उच्च हुन नसकेको भन्दै बरियताक्रम तोक्नुपर्ने सुझाव दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्