जनता टाइम्स

३ भाद्र २०८१, सोमबार ००:०५

ओएनएफ बैठकमा एमाले महासचिव पोखरेलको उदघोष : नेपाली नागरिकताको निरन्तरताको माग पूरा हुन्छ


प्रवासमा रहेका नेपालीको समस्याप्रति नेकपा एमाले निकै गम्भीर छ, समाधानको पहल पनि गरिरहेको छ । नेपाली नागरिकतालाई निरन्तरता भन्ने
सञ्जय थापासहितका प्रवासी नेताहरु अडानमा पार्टी सहमत छ, निर्णयमा पुग्छ । त्यसैले अव देश बाहिर रहेका नेपालीहरु कोही पनि निरास हुनु पर्दैन । हामी संसदको दुई ठूला दल कांग्रेस र एमालेबीच सहमति भएर सरकारको नेतृत्व गर्ने अवधी पनि तय भएको छ । हामीलाई दुई बर्ष सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । त्यो दुई बर्षभित्रै एमाले नेतृत्वको सरकारले यो काम पूरा गर्छ ।

काठमाडौं, भदौ ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक पटकका नेपाली सधैका नेपाली भन्ने प्रवासमा रहेका नेपालीको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको पूर्ण बैठकमा एमाले महासचिव पोखरेलले यस्तो प्रतिवद्धता जनाउनु भएको उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो ।

बिदेशमा रहेका एमाले निकट संगठन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले नेपाली नागरिकताको निरन्तरताको बिषयमा अभियान नै चलाइरहेको बेला महासचिव पोखरेलले एमाले नेतृत्वको सरकार रहेकै बेला यो माग पूरा गर्ने बताउनु भयो ।

‘प्रवासमा रहेका नेपालीको समस्याप्रति नेकपा एमाले निकै गम्भीर छ, समाधानको पहल पनि गरिरहेको छ । नेपाली नागरिकतालाई निरन्तरता भन्ने तपाईंहरुको निर्णय र अडानमा पार्टी सहमत छ, निर्णयमा पुग्छ’ बैठकमा एमाले महासचिव पोखरेलका भनार्ए उधृत गर्दै प्रचार बिभाग प्रमुख चानक पोखरेलले भन्नुभयो, ‘एक पटकका नेपाली सधैको नेपाली हो । यो बिषयमा एमालेले निर्णय गर्नेछ । त्यसैले अव देश बाहिर रहेका नेपालीहरु कोही पनि निरास हुनुपर्दैन । हामी संसदको दुई ठूला दल कांग्रेस र एमालेबीच सहमति भएर सरकारको नेतृत्व गर्ने अवधी पनि तय भएको छ । हामीलाई दुई बर्ष सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । त्यो दुई बर्षभित्रै एमाले नेतृत्वको सरकारले यो काम पूरा गर्छ ।’

एमालेको पछिल्लो सचिवालय बैठकले इञ्चार्ज परिवर्तन गरी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीलाई सिधै केन्द्रीय कार्यालयले हेर्ने निर्णय गरेको छ । बिदेशमा रहेका नेपालीको समस्या र संगठनले गरेको काम तथा सुझावको बिषयमा पार्टीलाई जानकारी नभएको भन्दै प्रवासको काममै समस्या आएपछि एमाले मुख्यालय आफैले संयोजन गर्नेनिर्णय गरेको छ । सोही निर्णयअनुसार महासचिव पोखरेल आफै प्रवासी नेपाली मञ्चको हरेक बैठकमा सहभागी हुने गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालय महासचिवकै नेतृत्वमा सञ्चालित छ ।

प्रवासमा रहेका नेपालीको समस्याप्रति नेकपा एमाले निकै गम्भीर छ, समाधानको पहल पनि गरिरहेको छ । नेपाली नागरिकतालाई निरन्तरता भन्ने
सञ्जय थापासहितका प्रवासी नेताहरु अडानमा पार्टी सहमत छ, निर्णयमा पुग्छ । त्यसैले अव देश बाहिर रहेका नेपालीहरु कोही पनि निरास हुनु पर्दैन । हामी संसदको दुई ठूला दल कांग्रेस र एमालेबीच सहमति भएर सरकारको नेतृत्व गर्ने अवधी पनि तय भएको छ । हामीलाई दुई बर्ष सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । त्यो दुई बर्षभित्रै एमाले नेतृत्वको सरकारले यो काम पूरा गर्छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा बसेको बैठकलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै महासचिव पोखरेलले अव हरेक देशमा आइपर्ने समस्याबारे सिधै केन्द्रीय कार्यालयले हेर्ने भन्दै प्रवासी नेपाली मञ्चका नेताहरुलाई ढुक्क भएर उच्च मनोबलका साथ काम गर्न र पार्टीको पक्षमा जनमत बढाउने भूमिकालाई थप फराकिलो पार्न निर्देशनसमेत दिनुभएको छ ।

महासचिव पोखरेलले प्रवासमा रहेका नेपाली कामदारको सुरक्षादेखि हक अधिकार रक्षाका लागि समेत बिशेष अभियान चलाउने जानकारी दिनुभएको छ । बैठकमा अध्यक्ष थापाले आफूहरुको चासोलाई सुनेर दोहोरो नागरिकताका बिषयमा लिइएको निर्णयप्रति अध्यक्ष केपी शर्मा ओली, महासचिव पोखरेलसहित पार्टी नेताहरुलाई आभार प्रकट गर्नुभएको उपसचिव पोखरेलले बताउनु भयो ।

पार्टीले हाम्रो कुरा सुनेर नेपाली नागरिकताको निरन्तरताको बिषयमा निर्णय लिने काम गरेर प्रवासमा रहेका सवै नेपालीको अभिभावक एमाले हो भन्ने प्रष्ट पारेको छ । एमालेले गरेको यो कामको परिणाम हामी दिने छौं : सञ्जय थापा, अध्यक्ष प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी

‘पार्टीले हाम्रो कुरा सुनेर नेपाली नागरिकताको निरन्तरताको बिषयमा निर्णय लिने काम गरेर प्रवासमा रहेका सवै नेपालीको अभिभावक एमाले हो भन्ने प्रष्ट पारेको छ । एमालेले गरेको यो कामको परिणाम हामी दिने छौं,’ बैठकमा अध्यक्ष थापाको भनाई उधृत गर्दै उपसचिव पोखरेलले जनताटाइम्स डटकमसँग भन्नुभयो ।

उपसचिव पोखरेलका अनुसार महासचिवको भनाईपछि बैठकको समापनका क्रममा अध्यक्ष थापाले अव ७० देखि ८० वटा देशमा प्रवासी नेपाली मञ्चको राष्ट्रिय कमिटी निर्माण गर्ने अठोट गर्नुभएको छ । ‘पार्टीले हाम्रो सरोकारलाई बिशेष सम्बोधन गरेको छ । यो उत्साहलाई मर्न नदिएर जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली भन्ने अभियान पूरा गर्न हामी लाग्ने छौं,’ बैठकमा अध्यक्ष थापाले भन्नुभयो ।

बैठकको सञ्चालन गर्नुभएका सचिव तथा संगठन बिभाग प्रमुख हेम शेर्पाले संगठनको समग्र बिषयमा जानकारी गराउनु भएको थियो । उहाँले अहिलेसम्म सम्पन्न भएका राष्ट्रिय कमिटीको अधिवेशन र बाँकी रहेका राष्ट्रिय कमिटीको बिषयमा जानकारी गराउनु भएको थियो । सचिव शेर्पाले पूर्वी एशिया र युरोपका केही राष्ट्र, क्यानडा र न्यूजिल्याण्डको अधिवेशन सम्पन्न गर्न बाँकी रहेको बैठकमा जानकारी गराउनु भएको उपसचिव पोखरेलले बताउनु भयो ।

उपसचिव पोखरेलका अनुसार बैठकमा ओसियाना इञ्चार्ज तथा उपाध्यक्ष रमेश पाण्डे, अमेरिका महादेश इञ्चार्ज प्रभु थापा, मध्यपूर्व इञ्चार्ज कमलमणि गुरागाईं, पूर्वी एशिया महादेश इञ्चार्ज भक्त गुरुङ र युरोप महादेश इञ्चार्ज भक्त वाग्लेले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी केन्द्रीय बिभागका प्रमुखहरुले अहिलेसम्मको कामको बिवरणसहित प्रतिवेदन पेश गर्नुभएको छ । बैठकमा उपसचिव तथा प्रचार बिभाग चानक प्रमुख पोखरेलले संगठनको आधिकारिक समाचार बुलेटिन ‘प्रवास खवर’ प्रभावकारी बनिरहेको भन्दै संगठनका सवै नेताहरुले प्राथमकतामा राखेर अघि बढदा निकै प्रभावकारी हुने तथ्यांक राख्नुभएको छ । प्रवासी नेपाली मञ्चको आधिकारिक समाचार बुलेटिन प्रवास खवर (भिडियो) युटुव च्यानलमार्फत हालसम्म २० भाग प्रशारण भइसकेको छ ।