जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार ११:०७

चिनियाँ राष्ट्रपति सी र नेकपाका शिर्ष नेताबीच भेटवार्ता


काठमाडौं, असोज २६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेता र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । सी बस्नु भएको होटल सोल्टीमा वार्ता केहीबेर अगाडी भएको हो ।

राष्ट्रपति सीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल, इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम होटल पुग्नु भएको थियो । भेटवार्तामा विशेषगरी दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको छ । सामूहिक भेटपछि भने अध्यक्ष प्रचण्ड र चिनियाँ राष्टपति सीबीच एक्ला–एक्लै भेटवार्ता हुने भएको छ । भेटमा आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको छ ।