जनता टाइम्स

६ भाद्र २०८१, बिहीबार २३:११

प्रवासी नेपाली मञ्च डेनमार्कले गर्यो राजदूत रायको बिदाई र कार्यबाहक राजदूत ओलीलाई स्वागत


डेनमार्क, भदौ ६ । प्रवासी नेपाली मञ्च डेनमार्कले कोपेनहेगन स्थित नेपाली राजदुतावासमा डेनमार्कका लागि नेपाली राजदूत प्राडा. रामस्वार्थ रायलाई विदाई र कार्यबाहक राजदूत सावित्री ओलीलाई स्वागत गरको छ ।

मञ्चले दूतावासमै पुगेर बिशेष कार्यक्रमबीच कार्यकाल पूरा गरी फर्कनु लाग्नुभएका राजदूत राय र कार्यबहाक राजदूतको जिम्मेवारी सम्हाल्नुभएकी ओलीको स्वागत गरेको हो । कार्यक्रममा बिदाई मन्तब्य राख्दै राजदूत रायले आफ्नो कार्यकाल सफल पार्न डेनमार्कमा रहेका प्रवासी नेपाली मञ्चलगायत विभिन्न संघसंस्थाहरुबाट प्राप्त सहयोगको लागि धन्यवाद दिनुभयो ।

यस्तै कार्यवाहक राजदूतमा ओलीले सवैको सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष रबिन कार्कीले राजदूतले डेनमार्कमा रहेका नेपाली समाजप्रति गर्नुभएको सहयोग र योगदानको उच्च प्रशंसा गर्दै मञ्चको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ डेनमार्कका अध्यक्ष मिलन श्रेष्ठ (पर्वते माइलो) प्रवासी नेपाली मञ्चका अध्यक्ष कार्कीसहित संस्थापक अध्यक्ष घनश्याम गौतम, उपाध्यक्ष अमृत रिजाल, सचिव सैलेन्द्र राई, सहसचिव भुपेन्द्र सुवेदी, आर्थिक बिभाग प्रमुख भुवनध्वज थापा, प्रशिक्षण बिभाग प्रमुख भास्कर खनाल लगायतले बिदाई तथा शुभकामना मन्तब्य राख्नुभएको थियो ।