जापान, भदौ १७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको ओकीनावा क्षेत्रीय कमिटीको दोस्रो अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य एवं जापान राष्ट्रिय कमिटीका इञ्चार्ज सुरेश केसीको प्रमुख आतिथ्यतामा आइतवार (सेप्टेम्बर १ तारिक) सम्पन्न अधिवेशनले सुभाष थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा दिपेश पौड्याल, सचिवमा नविन बस्नेत तथा उपसचिवमा महेश खरेल र शुशिल अधिकारीलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा प्रशान्त संज्याल, निरज थापा, हेमन्त शाही, सुदिप श्रेष्ठ, बिनिषा बानिया र प्रकाश केसी निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वीएशिया तथा ओसिनिया महादेश कमिटिका इञ्चार्ज डा.सूर्य पाठक र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य एवं पूर्वीएशिया इञ्चार्ज भक्त गुरूङले लिखित शुभकामना सन्देश पठाउनु भएको थियो । सो सन्देश पढेर सुनाइएको प्रमुअ अतिथी केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्