काठमाडौं, भदौ १७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) न्यू ह्याम्पसायरको अध्यक्षमा विनोद कार्की निर्वाचित हुनुभएको छ ।
यही अगष्ट ३१ तारिक हुक्सेट न्यू ह्याम्पसायरमा सम्पन्न अधिवेशनले कार्कीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा टोप गुरूङ, सचिवमा अजय खतिवडा, सदस्यहरूमा दुर्गा राइ कुथुमी, राजन राई, सविता भट्टराइ पाण्डे र टीका भट्टराइ चयन हुनुभएको छ ।
अमेरिकाकै पुरानो राज्य कमिटी मध्ये एक ओएनएफ न्यू ह्याम्पसायर एक सक्रिय राज्य कमिटी हो । राज्य कमिटीका अध्यक्ष डम्बर कडरियाको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथी प्रवासी नेपाली मञ्च अमेरिका महादेश कमिटीका संयोजक इश्वरी भट्ट हुनुहुन्थ्यो ।
अधिवेशनलाई सम्बोधन गर्दै अमेकिकाज संयोजक भट्टले संगठनको महत्व, इतिहास र यसको गतिविधी बारेमा प्रष्ट पार्दै सबै साथीहरूलाइ संगठनको काममा निरन्तर सक्रिय भइ लाग्न आह्वान गर्नुभयो । भेलाले हाल भैरहेको गैर आवासीय नेपाली नागरिकताको समस्यावारे बिशेष प्रस्ताव पारित गर्दै छिटो भन्दा छिटो सो समस्या समाधान हुनुपर्ने माग गरेको छ ।
उक्त भेलालाई ओएनएफ अमेरिकाका प्रमुख सल्लाहकार डा. रूद्र अर्याल, ओएनएफ अमेरिका महादेश कमिटी सदस्य क्षत्रकुमारी गुरूङ, ओएनएफ अमेरिकाका उपाध्यक्ष मैया ढुंगाना, गैर आवासी नेपाली संघ (एनआरएनइए) का पूर्वअध्यक्ष शिवकुमार राईलगायतले सम्बोधन गर्नुभएको थियो । अधिवेशनले खानपिन लगायतका बिषयमा व्यवस्थापन गर्ने सचिव टिका भट्टराईलाई धन्यबाद दिएको छ ।
प्रतिक्रिया दिनुहोस्