जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १३:०५

पाँच एसएसपीको सरुवा : काठमाडौंमा उत्तमराज सुवेदी, अपराध महाशाखामा सहकुल थापा


काठमाडौं, वैशाख २३

गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी उत्तम सुवेदीलाई पठाएको छ। सुवेदी यसअघि केन्द्रीय प्रहरी प्रवक्ता थिए । सुवेदीले परिसर पुगेपछि त्यहाँ कार्यरत वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन्।

गृहले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहलाई प्रधान कार्यालय अन्तर्गत तालिम सेवा निर्देशनालयमा सरुवा गरेको छ । गृहले १ नम्बर प्रदेशको तालिम केन्द्रमा कार्यरत एसएसपी सहकुल थापालाई अपराध महाशाखाको प्रमुख बनाएको छ ।