जनता टाइम्स

२१ भाद्र २०८१, शुक्रबार १४:१८

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार बढदा कति पुग्यो आज मूल्य ?


काठमाडौं, भदौं २१ । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । बिहीबार तोलामा एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ ।