जनता टाइम्स

२२ भाद्र २०८१, शनिबार ०९:४४

कुमारी बैंकले ल्यायो तीजको अवसरमा ‘क्यास ब्याक’ योजना


काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुनेगरी खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना सञ्चालन गरेको छ ।

निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिँदै आएको कुमारी बैंक लिमिटेडले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यही भाद्र २० देखि २६ गतेसम्म्म प्रत्येक दिन २५ सेवाग्राहीलाई रु. १०० को क्यास ब्याक योजना संचालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास रहेको सो बैंकले लिएकोे छ ।

विगत २३ वर्ष देखि निरन्तर बितिय साक्षरताप्रर्वधनगर्दै बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।