जनता टाइम्स

२३ भाद्र २०८१, आईतवार २३:२०

बिश्वभरबाट हस्ताक्षर संकलन गर्दै नेपाली नागरिकताको निरन्तरता अभियान, यस्तो छ अभियन्ताको बिशेष अपिल


अमेरिका, भदौ २३ । नेपाली नागरिकताको निरन्तरता अभियानको बैठकले संसारभरबाट हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ ।

प्रवासमा रहेका राजनीतिक दल निकट र बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले विश्वभरबाट नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।

अभियानको शनिवार सम्पन्न बैठकले विश्वभर रहेका बिभिन्न सामाजिक तथा राजनीतिक दल निकटका संघ संस्थालाईहलाई समेत सक्रिय सहभागी गराई हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने जानकारी दिइएको छ । संसारभरबाट संकलन हुने हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपालका संसदमा रहेका सवै राजनीतिक दलका नेताहरुलाई बुझाउने कार्यक्रम रहेको प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले बताउनु भयो ।

अध्यक्ष थापाका अनुसार बिभिन्न कारणले देश बाहिर रहेका र अन्य मुलुकको नागरिकता लिएकाहरुलाई बंशजका आधारमा प्राप्त गरेको नेपाली अमेरिकाबाट सुरु भयो नेपाली नागरिकताको निरन्तरता अभियान, का लागि अभियान शुरु गर्न लागिएको जनाइएको छ ।

अभियानका अभियन्ता पनि अध्यक्ष थापा नै हुनुहुन्छ । थापाले नेपाली नागरिकताको निरन्तरताका लागि साझा अभियान शुरु गरिएको जानकारीसहित जोडिन प्रवासमा रहेका सबै नेपालीलाई आग्रह गर्नुभएको छ । यो अभियान प्रवासमा रहेका नेपालीहरु र नेपालको समृद्धिको साझा अभियान भएकाले सबैको साथ सहयोगका लागि थापाले आग्रह गर्नुभएको हो ।

‘सम्माननीयत प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका सवै नेताहरु नेपाली नागरिकताको निरन्तरताका लागि तयार हुनुभएको छ । नेपाली नागरिकताको निरन्तरलाई सवैले एकमना एकताका साथ साथ दिने हो भने सफलता प्राप्त हुन्छ । यो काममा बिश्वरभ रहेका सवै प्रवासी नेपालीको सहभागिता र दवाव जरुरी छ,’ अध्यक्ष थापाले भन्नुभयो ।

अर्का अभियन्ता गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका महासचिव गौरीराज जोशीले यो साझा अभियान भएकाले एनआरएनएलगायत सबै संघ सस्थाको सक्रिय सहभागिता रहने बताउनु भयो । जोशीले आआफ्नो तर्फबाट नागरिकताको निरन्तरताका लागि अभियानमा जोडिन आग्रह पनि गर्नुभएको छ ।

यस्तै जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले एक पटकको नेपाली सँधैको नेपाली भएकाले यो अभियानलाई सफल बनाउन विश्वभर रहेका जनसम्पर्क समितिहरु सक्रिय रहने प्रतिवद्धता जनाउनु भएको छ । बिष्टले आफुले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत सम्वद्ध सबैलाई यस बारेमा कुरा राख्ने जनाउनु भएको छ ।

सम्माननीयत प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका सवै नेताहरु नेपाली नागरिकताको निरन्तरताका लागि तयार हुनुभएको छ । नेपाली नागरिकताको निरन्तरलाई सवैले एकमना एकताका साथ साथ दिने हो भने सफलता प्राप्त हुन्छ । यो काममा बिश्वरभ रहेका सवै प्रवासी नेपालीको सहभागिता र दवाव जरुरी छ

यस्तै एनआरएनए आइसीसीका पूर्वसल्लाहकार तथा नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले हाल प्राप्त भएको गैरआवासीय नागरिकताका कानुनी जटिलता फुकाउँदै नागरिकताको निरन्तरताका लागि यो अभियान सार्थक हुने बताउनु भयो । यस्तै जनप्रगतीशिल मञ्च यूरोप अमेरिका सहसंयोजक नारायण कँडेलले जनप्रगतीशिल मञ्च यो अभियानमा सक्रिय भएर लाग्ने जानकारी दिनुभएको छ ।

अर्का अभियन्ता कानुन व्यवसायी तथा गैरआवासीय नागरिकता बिज्ञ खगेन्द्र जिसीले हाल प्राप्त भएको नागरिकताको कानुनी समस्या समाधानका लागि पनि सबै जना लाग्नुपर्ने बताउनु भयो । उहाँले हाल प्राप्त भएको नागरिकतामा रहेका कानुनी समस्या समाधानका लागि नेपाल सरकारले मन्त्रिपरिषदले जटिलता फुकाउनु पर्ने बताउनु भयो ।

 

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापाले एकपटकको नेपाली सधैको नेपाली हुन भन्ने सच्चाईलाई आत्मसाथ गर्दै नेपाली नागरिकताको निरन्तरता अनिवार्य भएको बताउनु भयो ।

नेपाली नागरिकताको निरन्तरता नेपालको समृद्धिका लागि अनिवार्य छ । यो अभियान प्रवासमा रहेका नेपालीको स्वाभिमान र देशमा केही गरौं भन्ने भावना पनि हो । यसलाई यही रुपमा बुझेर नेपालका राजनीतिक दल र सरकारले उचित ब्यवस्था गर्नुपर्छ । प्रवासी नेपाली मञ्चले अहिलेसम्म यो कामको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यसलाई अव प्रवासमा रहेका सवैको साझा अभियान बनाएर एकढिक्का हुनुपर्छ

‘नेपाली नागरिकताको निरन्तरता नेपालको समृद्धिका लागि अनिवार्य छ । यो अभियान प्रवासमा रहेका नेपालीको स्वाभिमान र देशमा केही गरौं भन्ने भावना पनि हो । यसलाई यही रुपमा बुझेर नेपालका राजनीतिक दल र सरकारले उचित ब्यवस्था गर्नुपर्छ । प्रवासी नेपाली मञ्चले अहिलेसम्म यो कामको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यसलाई अव प्रवासमा रहेका सवैको साझा अभियान बनाएर एकढिक्का हुनुपर्छ,’ सचिवालय सदस्य थापाले भन्नुभयो ।

अभियानको संयोजन गरिरहनुभएका पत्रकार अनिल अधिकारी नेपाली नागरिकताको निरन्तरता कसैको नभई सवैका साझा अभियान भएको बताउनु भयो । अधिकारीले अभियानको सफलताले प्रवासमा रहेका नेपालीको मनोवल निकै माथि उठाउने र समृद्ध नेपाल निर्माणको लागि ठूलो टेवा पुग्ने बिश्वास समेत जनाउनु भएको छ । यस्तै राप्रपाका प्रवास कमिटी पानसका अध्यक्ष प्रेम श्रेष्ठले यो अभियानलाई निश्कर्षमा पुर्याउन जरुरी रहेको बताउनु भयो ।