हङकङ, भदौ २६ । प्रवासी नेपाली मञ्च हङकङको अध्यक्षमा बिपिन राई (बशन्त) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यही सेप्टेम्बर ८ तारिक सम्पन्न १२औं अधिवेशनले राईलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । हङकङको जोर्डानस्थित चुम्लुङ हिममा भएको अधिबेशनल राईको नेतृत्वमा सर्वसम्मत रुपमा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
अधिवेशनबाट उपाध्याक्षमा मोहनबहादुर राना, सचिबमा हेमराज राई, उपसचिबमा देवेन्द्र कुमार फियक र डिकबहादुर मंग्राती तथा सदस्यहरुमा श्यामबहादुर गुरूङ र राजपति गुरूङ निर्बचित हुनुभएको छ । बाँकी सदस्य पछि मनोनीत गर्ने नवनिर्वाचित कमिटीले जनाएको छ ।
नव निर्वाचित कार्यसमितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरूलाई प्रमुख अतिथी नेम्बाङले सपथ गराउनु भएको थियो । प्रवासी नेपाली मञ्च हङकङ राष्ट्रिय कमिटीका अध्यक्ष सत्य घलेको अध्यक्षता र सचिब भिम गुरूङको सञ्चालनमा भएको उदघाटन शत्रको प्रमुख अतिथि प्रबासी नेपाली मञ्च पूर्वीएसिया महादेश कमीटीका सदस्य दल हाङ नेम्बाङ हुनुहुन्थ्यो ।
यस्तै अतिथिहरूमा नेपाली जन सम्पर्क समिति हङकङका सभापति शैलेन्द्र सिंग बोगटी, जन प्रगतिशील मन्चका अध्यक्ष हरि तमु र प्रबासी नेपाली एकता समाजका अध्यक्ष ईश्वर बिक्रम शाह हुनुहुन्थ्यो । कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा पूर्वी एशिया इञ्चार्ज भक्त गुरुङले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
उदघाटनपछि बन्द सत्र सञ्चालन गर्न प्रमुख अतिथी दलहाङ नेम्बाङको अध्यक्षतामा सत्य घले र शुरेशकुमार गुरूङ रहनुभएको तीन सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो । बन्द सत्रमा निबर्तमान सचिब भिम गुरूङले साँगठानिक प्रतिवेदन र आर्थिक बिभाग प्रमुख मोहनबहादुर रानाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको थियो । अधिवेशनको समापनको क्रममा नवनिर्वाचित अध्यक्ष राईले संगठनलाई सवैको सहयोग लिएर थप बिस्तार गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्