जनता टाइम्स

२६ भाद्र २०८१, बुधबार १२:४५

सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ५३ हजार नाघ्यो


काठमाडौं, भदौ २६ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४ सय कायम भएकोमा बुधबार एक हजार रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार ४ सय० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन मंगलबार प्रति १० ग्राम १ लाख ३१ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ६५ रुपैयाँ कायम भएकोमा बुधबार बढेर १ हजार ७ सय ८० रुपैयाँ कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै निरन्तर मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।