जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार ११:३१

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन एजेण्डा


काठमाडौं, असोज २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । बैठकमा पार्टी एकताको बाँकी कामसहित चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, दुई देशबीच भएको सम्झौता लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा भोलि आयोजना गरिएको चियापानको तयारीको बिषयमा समेत छलफल हुनेछ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलपछि आज सचिवालय बैठक बोलाइएको हो ।