जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार ११:४९

कांग्रेसका निलम्बित सांसद आलमलाई सात दिनको म्याद थप


रौतहट, असोज २८

हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न अदालतले म्याद थप गरिदिएको छ । जिल्ला अदालत रौतहटले मंगलबार सात दिनको म्याद थप गरेको हो ।

जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले सात दिनको म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ । हत्या आरोपमा उनलाई प्रहरीले आइतबार भारतिय नम्बर प्लेटको गाडी चढेर वैवाहिक कार्यक्रम जादै गर्दा पक्राउ गरेको थियो । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको उनीमाथि आरोप लागेको छ।