जनता टाइम्स

३० भाद्र २०८१, आईतवार २०:५२

घट्यो निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य


काठमाडौं, भदौ ३० । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।