जनता टाइम्स

३१ भाद्र २०८१, सोमबार १६:५७

प्रवासी नेपाली मञ्च युएईको अध्यक्षमा सापकोटा निर्वाचित, यस्तो बन्यो २९ सदस्यीय नयाँ कार्यसमिति (सूचीसहित)


युएई, भदौ ३१ । प्रवासी नेपाली मञ्च युएईको अध्यक्षमा बाबुराम सापकोटा निर्बिरोध निर्वाचित हुनुभएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सातौं राष्ट्रिय अधिवेशनले सापकोटालाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो ।

अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा बिष्णुलाल श्रेष्ठ र गोकुल कुईंकेल, सचिवमा नारायण केसी, उपसचिवमा सुमन भण्डारी, रमुना बस्नेत र बिज्ञान रेग्मीलाई सर्वसम्मत चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा शिवजङ गुरुङ, कमल सुब्बा, नवतारा खरेल, मुक्ति गुरुङ, अर्जुन गौली, धर्मराज पाण्डे, टिकाराम थापा, दिपक थापा, मञ्जु शाही र चिन केसी चयन हुनुभएको छ । यसैगरी शुशिला भट्टराई, सुराज भुषाल, कमल लामा, बिपिन ढकाल, आईता गुरुङ, द्रोणाराज ढकाल, प्रेमबहादुर अधिकारी, कबिता पुन, मेघराज कँडेल, घनश्याम भण्डारी, सुन्दर पाठक र सबिन बराल कार्यसमिति सदस्यमा सर्वसम्मच चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई प्रमुख अतिथी प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

अधिवेशनको उदघाटन र समापनको क्रममा अध्यक्ष थापाले प्रवासी नेपाली मञ्च प्रवासमा रहेका नेपाली श्रमिक, मजदूरसहित सवैको समस्या समाधान गर्न प्रयत्नशील रहेको र पछिल्लो समय नेपाली नागरिकताको निरन्तरताको बिषयलाई मुल मुद्दाका रुपमा अघि बढाएर निश्कर्षमा पुर्याउने अभियान चलाइरहेको जानकारी दिनुभएको छ ।

उहाँले रोजगारीको लागि बिदेशी भूमिमा आएका कुनै पनि नेपाली समस्यामा पर्दा सहयोग गर्ने योजनासहित मञ्चले श्रमिक राहत कोष स्थापना गरी काम अघि बढाएको भन्दै मध्यपूर्वको मुख्य समस्याबारे ठोश योजनासहित समाधानका लागि पहलकदमी लिइएको जानकारी पनि दिनुभयो ।