जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार १३:१३

भारततर्फ काेन्सेकाई कराते टिम


काठमाडौं, असोज २८

भारतको कोलकत्तामा अक्टोबर १८ देखि २० सम्म हुने एमेच्योचर के–१ कराते प्रतियोगितामा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा नेपालका मन्दिप राना मगर, विशाल तामाङ , सविन लामा,वरुण घले,सन्तोष साउथ, विश्वाश राई र राउल ठकुरीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली खेलाडीले प्रो तथा एमेच्योर गरि दुई विधामा प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा रोजेश खड्का र टिम व्यवस्थापकमा अस्मिता रायमाझी भारत जानेछन् । भारत जाने नेपाली टोलीलाई नेपाल बुसिदो कोन्सेकाई (एमएमए ) संघले मंगलबार विदाई गरेको छ ।

नेपाली टोलीलाई प्रदेश–३ सभा सदस्य तथा राष्ट्रिय पाराओलम्पिक अध्यक्ष राधा घले, दिपेन्द्र श्रेष्ठ, शसस्त्र प्रहरी बलमा वरिष्ठ उपरीक्षक केवि बराम, फुलकन्ट्याक कराते महासघका उपाध्यक्ष रामजी बज्राचार्य ,सघका अध्यक्ष एवम ब्रानचिफ तथा प्रशिक्षक उमेश गुरुङ लगायतले विदाई गर्नुभयो ।