जनता टाइम्स

२ आश्विन २०८१, बुधबार २३:२५

प्रवासी नेपाली मञ्च मकाउको अध्यक्षमा चिरञ्जीवि पौडेल पुनः निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति


मकाउ, असोज २ । प्रवासी नेपाली मञ्च मकाउको अध्यक्षमा चिरञ्जीवि पौडेल पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज अर्थात सेप्टेम्बर १८ तारिक सम्पन्न तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा रोजन लामा, सचिवमा शालिकराम बगाले मगर, उपसचिवमा अमृत गौतम र सुरेश थापालाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा खम्बराज केसी, हर्कजंग गुरुङ, दीपक थापा, राजन सेडाईं, सम्झना आचार्य, सरोज शर्मा ओली, उज्वल लामिछाने र दिपेश उप्रेती निर्वाचित हुनुभएको छ ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष चिरञ्जीवी पौडेलको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहको उदघाटन प्रमुख अतिथि पूर्वी एसिया महादेश कमिटीका सचिव तथा संगठन विभाग प्रमुख उत्तम गुरुङले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

अधिवेशनमा बिशेष अतिथि मञ्चका पूर्वअध्यक्ष तथा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी श्रम तथा रोजगार बिभागका उपप्रमुख शिव थापा, अतिथिहरु प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेश कमिटी सदस्य रामचन्द्र अर्याल, जनसम्पर्क समिति मकाउका उपसभापति नवराज पराजुली, जन प्रगतिशील मञ्च मकाउका अध्यक्ष सोनु पन्त, गैरआवासीय नेपाली संघ मकाउका पूर्वअध्यक्ष शान्तिदेवी अधिकारी र किराँत राई यायोक्या मकाउका प्रतिनिधि आयुष राईलगायतका महानुभावको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उत्तम गुरुङ बिशेष अतिथि शिव थापाले मञ्चको आवश्यकता र मञ्चका उद्देश्यहरुका सन्दर्भमा सबिस्तार चर्चा गर्नुभएको थियो । यस्तै पूर्वी एसिया महादेश कमिटी सदस्य रामचन्द्र अर्याल, मञ्चका संस्थापक वरिष्ठ उपाध्यक्ष तथा सल्लाहाकार परिषद सदस्य कृष्णबहादुर अधिकारी, सल्लहाकार परिषद सदस्य दीपक थापा, नवराज पराजुली र शान्तिदेवी अधिकारीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव शालिकराम बगाले मगर र स्वागत उपाध्यक्ष रोजन लामाले गर्नुभएको थियो भने प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य तथा पूर्वीएशिया महादेश कमिटी ईन्चार्ज भक्त गुरुङ र पूर्वीएसिया महादेश कमिटी संयोजक मोहन रायमाझीले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

उदघाटनपछि बन्द शत्र सञ्चालनका लागि पूर्वअध्यक्ष शिव थापाको नेतृत्वमा सल्लाहकार परिषद सदस्य कृष्ण अधिकारी र नवराज लम्साल सदस्य रहनुभएको तीन सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो ।

बन्द सत्रले अध्यक्ष चिरञ्जीवी पौडेलले प्रस्तुत गर्नुभएको सांगठानिक प्रतिवेदन र आर्थिक बिभाग प्रमुख हर्कजंग गुरुङको तर्फबाट अमृत गौतमले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।