जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार १५:४८

अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाल नियुक्त


काठमाडौं, असोज २८

अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाल नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा दाहाललाई नियुक्त गर्नुभएको हो ।

उहाँलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।