जनता टाइम्स

४ आश्विन २०८१, शुक्रबार १५:११

सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक, रबि लामिछानेसहित यी हुन दोषी किटान भएका ‘हाइप्रोफाइल’


काठमाडौं, असोज ४ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

संसद सचिवालयले आफ्नो वेबसाइटमार्फत आज प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको उक्त प्रतिवेदन यसअघि नै सरकारलाई पठाइसकिएको छ । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको छ ।

समितिको प्रतिवेदनले पूर्वगृहमन्त्रीसमेत रहनुभएका रास्वपाका सभापति रबि लामिछानेसहित २९ जनालाई सरकारी ठगीमा दोषी किटान गरेको छ । गलत तरिकाबाट सहकारीकोरकम ल्याएर ठगी गरेको तथ्य खुलिसकेको छ ।