जनता टाइम्स

७ आश्विन २०८१, सोमबार १९:१०

अर्थमन्त्री पौडेल आज राती चीन प्रस्थान गर्नुहुँदै


काठमाडौं, ७ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्नुहुने भएको छ । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लाग्नुभएको हो ।

उहाँले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किने उहाँको सचिवालयले जानकारी दिएको छ ।