सम्बोधनदेखि काठमाडौं, असोज ८ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गर्नुभएको छ ।
चिनियाँ उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल गएराति चीन प्रस्थान गर्नुभएको हो । उहाँले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै उहाँले चिनिया समकक्षीसँग पनि भेटबार्ता गर्ने कार्यक्रम रहेको छ ।
अर्थमन्त्री पौडेल शनिवार स्वदेश फर्कनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्