जनता टाइम्स

९ आश्विन २०८१, बुधबार १४:३७

निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो समाधान गरिन्छ : कार्यबाहक प्रधानमन्त्री


काठमाडौं, असोज ९ । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या छिटो समाधान गरिने बताउनु भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार सिंहदरबारमा बुझाएको ज्ञापनपत्र बुझ्दै सिंहले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले समाधान गर्ने बताउनुभयो ।

‘निर्माण व्यवसायी क्षेत्रमामा काम गर्दा धेरै अप्ठ्यारा छन्, समग्र रूपमा नै निर्माण व्यवसायीहरूले काम गर्दा जुन चुनौतीहरू सामना गरिरहनु भएको छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ’, सिंहले भन्नुभयो ।

उहाँले व्यवसायीहरूलाई राम्रो नतिजा आउने गरी काम गर्ने पनि आग्रह गर्नुभयो । काम गर्न सहजता हुने गरी सरकारले ऐन र नीतिगत रूपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने सिंहले बचन दिनुभयो ।