काठमाडौं, असोज ११ । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिनाको आरोपपछि फरार मेयर देवकुमार नेपाली १६ महिनापछि दिल्लीबाट पक्राउ परेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै जुनसुकै दल वा नेता भएपनि पक्राउ गरी कार्वाही गर्ने स्पष्ट निर्देशनसहित सूर्य थापा नेतृत्वको संसदीय बिशेष छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न पर्ठापछि लामोसमयदेखि फरार नेपाली भारतको नयाँदिल्लीबाट समातिएका हुन ।
देव एमालेबाटै निर्वाचित बागलुङको ढोरपाटन नगरपालिकाका मेयर हुन । सहकारीको समस्या सिर्जना भइसकेपछि पनि बचत रकम फिर्ता गर्ने सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली फरार भएका थिए । फरार भएलगत्तै जेठ १६ गते प्रहरीले नेपालीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो भने २०८० माघ १२ गते इन्टरपोलबाट रेड नोटिस समेत जारी भएको थियो ।
सहकारीको रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समिति बनाएपनि हुलाकबाट पत्र पठाउँदै आफू बचत रकम फिर्ता गर्न तयार रहेको दाबी नेपालीले गरेका थिए । उनी एमाले नेतृत्वकै सरकारको पालामा भारतमा पक्राउ गरेको हो । भारतमा पक्राउ परेका नेपालीलाई नेपाल ल्याउने पक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।
नेपाली पक्राउपछि सरकार सहकारी ठगबिरुद्ध निकै कठोर बनेको प्रष्ट भएको छ । सहकारी ठगीमा रास्वपाका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रबि लामिछानेसहित २९ जना प्रतिष्ठित राजनीतिज्ञ र ब्यापारीहरु दोषी रहेको किटान संसदीय छानविन समितिले गरेको छ । सहकारी ठगी प्रकरणमा सवैभन्दा पहिला भाग्ने ब्यक्ति मेयर नेपाली नै हुन ।
प्रतिक्रिया दिनुहोस्