जनता टाइम्स

२९ आश्विन २०७६, बुधबार १८:०७

‘मन्त्रिपरिषद् हेरेफेर प्रधानमन्त्रीको क्षेत्राधिकार’


काठमाडौं, असोज २९

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीले आवश्यक ठानेमा मन्त्री हेरफेर हुनसक्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीका नेताहरुसँग आवश्यक परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनःगठन गर्नसक्ने जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, “तर यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो ।” उहाँले दलबीच राजनीतिक विषयमा मतान्तर भए पनि देशको समृद्धि, संस्कृति र आपसी सद्भावका सवालमा साझा बिन्दु पहिल्याएर अघि बढ्न चाडपर्व र चियापानले सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो ।