जनता टाइम्स

१३ आश्विन २०८१, आईतवार १९:२९

एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


काठमाडौं, असोज १३ । एनएमबि बैंक लिमिटेडले बैंक बिश्व मुटु दिवसको अवसरमा आइतवार बबरमहलस्थित केन्द्रीय कार्यालयसहित चार शाखामा मुटु परीक्षण सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

आफ्ना ग्राहक तथा समुदायका सदस्यहरुलाई मध्यनजर गर्दै असोज आइतवार विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहक र समुदायमा रहेका सदस्यहरुलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकले बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने बिश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको सो बैंकले जनाएको छ ।

 

उक्त कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरुले साधारण स्वस्थ्य परिक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्वपूर्ण जानकारीहरु उपलब्ध गराउनु भयो । सोही कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी प्रवाह गरिएको थियो ।

दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफ दि इयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।