काठमाडौं, असाज १५ । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेश कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा युरोप अमेरिका इञ्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यता प्रवासी नेपाली मन्च यूरोप माहादेश कमिटीको ११औं पूर्ण बैठक सोमवार राती सम्पन्न भएको हो ।
प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङको अध्यक्षता र सचिव शालिकराम थपलियाले सञ्चालन गर्नुभएको बैठकमा ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिव तथा संगठन बिभाग प्रमुख हेम शेर्पा र युरोप महादेश इञ्चार्ज बिशेष अतिथी भक्त वाग्ले बिशेष अतिथीका रुपमा सहभागी हुनुभएको थियो ।
भर्चुअल रुपमा बसेको बैठकमा अन्तराष्ट्रिय कमिटीका सदस्यहरु सन्तोष भट्टराई, सरस्वती केसी, हेमराज शर्मालगायतका नेताहरु सहभागी हुनुभएको सचिव थपलियाले बताउनु भयो । बैठकले संगठन बिस्तार र नयाँ सदस्यता थपको बिशषमा बिशेष निर्णय गर्दै अधिवेशन गर्न बाँकी राष्ट्रिय कमिटीहरुको अधिवेशन यथाशिघ्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
यस्तै नवनिर्वाचित कमिटीका अध्यक्षसहित पदाधिकारी र कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उत्कृष्ट कामका लागि शुभकामना दिएको छ । बैठकले बिभिन्न बिभागहरु पुनर्गठनसहित पदपुर्ति गरेको छ । बैठकमा प्रमुख अतिथी एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेले पार्टीको पछिल्लो बैठकको निर्णयबारे जानकारी दिँदै प्रवासको कामलाई ब्यवस्थित बनाउने बिषयमा निर्देशन दिनुभएको छ ।
यस्तै अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पा र इञ्चार्ज भक्त वाग्लेले ओएनएफले अघि बढाएको अभियानसहित संगठनको निर्णय र निर्देशनबारे बैठकमा आफ्नो धारणा राख्नुभएको सचिव थपलियाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्