जनता टाइम्स

१५ आश्विन २०८१, मंगलवार १३:०१

सरकारको राहत कोषमा ५० लाख दिने एमालेको निर्णय : उद्धार, राहत र स्वयंसेवामा लाग्न अध्यक्ष ओलीको आव्हान


काठमाडौँ, असोज १५ । नेकपा एमालेने सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५०  लाख रकम गर्ने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा एक अर्ब रूपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गर्नुभएको छ ।