काठमाडौं, असोज १६ । चिनियाँ भन्सार बिन्दु समेत पार गरेर नेपाल प्रबेश गर्दै गरेका हजारौ कन्टेनरहरु पुल र सडकको अबरोधले अलपत्र अवस्थामा रहेको ब्याबसायीहरुले बताएका छन । चाडबाड लक्षित सामान बोकेका कन्टेनरहरु रसुवा गढी र तातोपानी छिर्ने अवस्थामा थिए ।
अधिक बर्षाको कारण आवागमन रोकिनाले उक्त कन्टेनरहरु स्याउ, लसुन, प्याज, लत्ताकपडा बोकेर नेपाल भित्रिदै गर्दा सडकमा पहिरो गएको र बाढीले पुल बगाएकोले अलपत्र अवस्थामा रहेको हिमालपार व्यापार संघका सचिव आङ्दोर्जे शेर्पाले भौतिक पुर्वाधार बिकासमन्त्री देबेन्द्र दाहाल समक्ष राखे ।
यही असोज १२ गतेको अबिरल बर्षाले भोटेकोशी, तातोपानीको लिपिङ् खोलाको पक्की पुल र लार्चाको बेलीबृज बगाएको र केरुङ तथा खासा बजार जोड्ने सडकको अधिकांश भागमा पहिरो गएको थियो । यसबाट नेपाल चीनको स्थलगत ब्यापारिक नाका ठप्प भई हजारौ कन्टेनर अलपत्र अवस्थामा छन ।
यही असोज १५ गते नेकपा(एमाले) का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका ईन्चार्ज सरेश नेपालको समन्वयमा सिंहदरवारस्थित भौतिक पुर्वाधार बिकास मन्त्रालयका माननीय मन्त्रीसंग सिन्धुपाल्चोक एमाले पार्टीका उपलबध नेताहरु र ब्याबसायी क्षेत्रका अगुवाहरुले ध्यानाकर्षण गराएका थिए । मन्त्री दाहालले तत्काल बेलिबृज जोड्ने र पहिरो पन्छाई आवागमन सहज बनाउन सरकार लागिरहेको बताउनु भएको थियो ।
स्थानीयहरुले समस्या समाधानमा सघाउन आग्रह गर्दै उक्त सडकलाई सुचारु गर्न र अस्थायी पुल निर्माण गर्न आवस्यक बजेटको कमि हुन नदिने बिश्वास दिलाउनु भएको थियो । अरनिको राजमार्गको स्तर उन्नती गर्न यो बर्ष मात्र एक अर्व बजेट ब्याबस्था मिलाएको जानकारी दिनु भयो ।
उक्त नाकाबाट उठ्ने करोडौ राजस्व समेत गुमाउनु परेको र दशै अघि यातायात खुलाउन नसके धेरै फलफूल तथा तरकारीहरु नष्ट हुनसक्ने समस्याले ब्यापारीहरु चिन्तित छन । भुकम्प पछि प्राय: ठप्प अवस्थामा रहेको यो नाका के पि ओली नेतृत्वको सरकारको कुटनीतिक पहलमा खुलेको हो । सडकको स्तर उन्नतिमा बहुबर्षिय आयोजना स्वीकृतिको प्रकृयामा रहेको अरनिको राजमार्गको लागि चार अरव लाग्ने प्रारंभिक अनुमान छ ।
भौगोलिक रुपले नै बाढी पहिरोको निरंतर चपेटामा परेको यो राजमार्गले जुरे पहिरोको भयावह बिपत्तीको सामना गरि नसक्दै, भुकम्प र कोराना महामारीबाट धेरै ब्याबसनयीहरुको उठिबास भएको थियो । हाल फेरि अर्को बिपत्तिको मारमा परेका क्यारिङ् गर्ने तथा लगानी गरिरहेका ब्यापारीहरुमा ठूलो आतंक छ । लार्चाको बेलीबृज बगाउदा भोटेकोशी गाँउपालिकाका १,२, ३ वडाहरुसंगको सम्पर्क टुटेको अवस्था छ ।
स्थानिय जनप्रतिनिधिहरु र जलबिद्युत आयोजनाहरुले ह्युम पाईप हालेर अस्थायी आवागमन खुलाउने प्रयत्न गरिरहेका छन । तर नदिको बाढी नघटे सम्म उक्त प्रयास पनि सफल होला भन्ने निश्चित छैन ।
संघीय सरकार अन्तरगतको राजमार्ग भएकोले तत्काल यातायात संचालनमा ल्याउन जिल्लाबासीका तर्फबाट ध्यानाकर्षण गराईएको ब्याबसायी लाक्पा शेर्पाले जनता टाईम्सलाई बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्