काठमाडौं, असोज १७ । यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीहरुले उडान संख्या थपेका छन।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले बिहीवारबाट भद्रपुर र भरतपुरमा दुई–दुई उडान थप गरेको छ । हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको हो ।
यस्तै श्री एयरलाइन्सले पनि शुक्रबारदेखि काठमाडौं–भरतपुर–काठमाडौं रुटमा उडान सञ्चालन गर्न लागेको छ । सो कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरका अनुसार सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गरिने छ ।
यती एयरलाइन्सले असोज १५ गतेदेखि नै काठमाडौं–भद्रपुर–काठमाडौं र काठमाडौं–नेपालगञ्ज–काठमाडौंमा एक–एक उडान थप गरिसकेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार शुक्रवारदेखि काठमाडौं–जनकपुर–काठमाडौंमा एक उडान थप गरिएको छ ।
हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ। उडान चाप बढेपछि एयरलाइन्सले उडान थपेर यात्रुलाई गन्तव्य पुर्याइरहेका छ।
प्रतिक्रिया दिनुहोस्