मकवानपुर, असोज १९ । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन।
विशेष सूचनाको आधारमा प्रहरीले शनिबार बिहान ३ बजेको समयमा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला पारेको थियो ।
बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्