जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार ११:५७

भाइटीकाका लागि कात्तिक १३ मा विदा दिनुपर्छ : अजय क्रान्ति शाक्य


काठमाडौं, कात्तिक १ । प्रदेश नम्बर तीनका सांसद डाक्टर अजयक्रान्ति शाक्यले भाइटीका (किजापूजा)का लागि सरकारले कात्तिक १३ मा विदा दिनुपर्ने माग गर्नुभएको छ । पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार भाइटीका (किजापूजा)मा सरकारले कात्तिक १०, ११ र १२ गते विदा दिने निर्णय गरेपछि सांसद् शाक्यले असन्तुष्टि व्यक्त गर्दै कात्र्तिक ११, १२ र १३ गते नेवार समुदायले क्रमशः लक्ष्मीपूजा, म्हपूजा र भाईटिका मनाउनु पर्ने हुनाले कात्र्तिक १३ गते पनि विदा दिन सरकारसँग आग्रह गर्नुभएको हो ।

‘पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटिकालगायतका चाड–पर्वको साईत निकाल्दा नेवाः समूदायको मौलिक संस्कृति र परम्परालाई मिच्ने गरेको छ,’ शाक्यले भन्नुभयो, ‘सरकारले पनि पञ्चाङ्गलाई नै आधार मानेर यस्ता महत्वपूर्ण पर्वहरुमा विदा दिँदा नेवाः समूदाय थप मारमा पर्ने गरेका छन् ।’ सांसद शाक्यले नेवाः समूदायको परम्परा अनुसार सूर्योदय बेला जुन तिथि हुन्छ उक्त दिन त्यही पर्व मनाउने गरिन्छ ।

त्यसै परम्परा अनुसार अहिले कात्तिक १२ गते सूर्योदय हुंदा प्रतिपदा तिथि पर्छ त्यसैले उक्त दिन नेपाल संवतको नयाँ बर्ष ११४० मनाउने र बेलुकी म्हपूजागर्नु पर्ने हुन्छ र उक्त प्रतिपदाको दिन भाइटिका मान्न सकिन्दैन र भोली पल्ट अर्थात् १३ गतेका दिन सूर्योदय हुंदा व्दितीया तिथि रहन्छ र त्यसैले उक्त दिन भाईटिका गरिन्छ । तसर्थ पनि नेवार समुदायलाई भाइटिका गर्नका लागि विदा आवश्यक हुने हुनाले उक्त दिन सार्वजनिक विदा दिन पनि नेपाल सरकारसँग डा.शाक्यले आग्रह गरेका छ । ‘पञ्चाङ्ग समितिले कात्तिक ९ गते त्रयोदशी अर्थात काग तिहार भनेको छ, त्यस अनुसार १० गते चतुर्दशी अर्थात क’क’र तिहार हुन्छ र ११ गते औँसी पर्छ,’ शाक्यले भन्नुभयो, ‘नेवाः समूदायमा पर्व मनाउन घडी–पलाको अर्थ रहन्न । सूर्योदय जुन तिथिमा भयो त्यो प”रा दिन त्यही तिथि पर्ने र त्यसैका आधारमा नेवाः समूदायले चाड–पर्व मान्ने चलन छ ।’

शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्ने हो भने चतुर्दशीमा अर्थात् कुकर पूजाको दिन लक्ष्मीपूजा गर्नुपर्ने बाध्यता हुने र त्यो संभव नहुने पनि प्रष्ट पार्नुभयो । ‘पञ्चाङ्गले ११ गते ९ बजेर ४५ मिनेटसम्म औँसी र १२ गते ७ बजेर ५१ मिनेट सम्म प्रतिप्रदा तिथि भनेको छ । त्यसपछि १२ गते नै भाइटिका भनेको छ,’ उहाँले भन्नुभयो, ‘पञ्चाङ्ग समितिको निर्णय मान्ने हो भने हाम्रो परम्परा अनुसार नेपाल संवत् र म्हपुजा नै मिल्दैन ।’

पञ्चाङ्ग समितिले निकालेको साइतमा आफ्नो कुनै आपत्ति नभएको पनि जनाएको छ । शाक्यका अनुसार नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ । ‘नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वत नयाँ वर्ष ११४० कात्तिक १२ मा छ । त्यो दिन नेवाः समूदायले दिनभरी धुमधामसँग नेपाल सम्वत मनाउँछन र बेलुका म्हपुजा गर्छन् । तर, पञ्चाङ्ग समितिको साईत अनुसार विहान म्हपुजा गर्नु पर्ने हुन्छ । जवकि नेवाः समूदायले विहान म्हपुजा नै गर्दैनन् ।

पहिलादेखि नै राजा–महाराजाका लागि उनीहरुको अनुकुलतालाई दृष्टिगत गरी टिकाको साइत निकाल्ने गरेको स्मरण गराउँदै शाक्यले नेपालमा गणतन्त्र आइसकेको परिपे्रक्षमा पञ्चाङ्ग समितिले राजावादी सोँच देखाउन त खोजेका होइन भनि आशंका समेत व्यक्त गर्नुभयो । ‘अहिले मुलुकमा राजतन्त्र छैन, गणतन्त्र आएको छ । त्यसैले पञ्चाङ्ग समितिलाई पनि मेरो आग्रह छ राजावादी होइन जनतावादी सोँच अनुसार काम गनर्’पर्छ,’ उहाँले भन्नुभयो, ‘विक्रम सम्वत सूर्यमा र नेपाल सम्वत् चन्द्रमामा आधारित छ । उहाँले समितिको काम टुटफुट भएका तिथि मिलाउनु पर्नेमा झन तिथिकै विवाद ल्याउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

‘पञ्चाङ्ग समितिसँग नेवाः समूदायले पटक–पटक यो विषयमा ध्यानाकर्षण गराउँदा समितिका केही सदस्यहरुले २०२५–०२६ सालतिर मात्र समिति गठन भएको भन्दै विवाद त्यो भन्दा अघि पनि रहेको भनेर पन्छिने गरेको आरोप पनि लगाउनुभयो । ‘समितिले त्यसरी पन्छिन मिल्दैन । समस्या थियो भनेर नै समस्या समाधान गर्न समिति बनाएको हो नि,’ उहाँले भन्नुभयो, ‘नेपाल सरकारलाई नै दिग्रभ्रमित पारेर समितिले तिथि–मिति नै हराउने काम गर्नुभएन । हामी सजग नहुने हो भने आगामी दिनमा पनि यस्तै समस्या दोहोरिन्छन् ।’

शाक्यले शरीर, मन र बचन शुद्ध होस भनी नेवाः समूदायले म्हपुजा मनाउने गरेको भन्दै यो पर्व नेवाः समुदायको मौलिक संस्कार भएको पनि उल्लेख गर्नुभयो । ‘त्यसैले नयाँ वर्ष उत्सवका साथ मनाएपछि हामी बेलुका म्हपुजा गर्छौ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हाम्रो परम्परा अनुसार भाइटिका कात्तिक १३ व्दितियाकै दिनमै हो, हामीलाई त्यो दिन विदा चाहिन्छ । नेपाल भाषा मंका खलःले पनि यस सम्बन्धमा गोष्ठी गरेर १३ गतेका दिन भाईटिका गर्ने भनी नेवार समुदायमा आह्वान गरिसकेको तथ्यलाई समेत मध्यनजर गर्दै नेवार समुदायले ११,१२,१३ गते क्रमशः लक्ष्मी पूजा, म्हपूजा र भाईटिका मनाउन हुंदा सम्पूर्ण नेवार समुदाय भ्रममा नपरीकन सोही वमोजिम आफ्नो चाड मान्न पनि आह्वान गरेकोछ साथै कात्र्तिक १३ गतेका दिनमा विदा दिइयोस् भन्ने नेपाल सरकारसंग जोडदार माग गरेको छ ।’