जनता टाइम्स

२४ आश्विन २०८१, बिहीबार १४:३१

दशैँमा कुन बैंकले कसरी दिँदैछन सेवा ?


काठमाडौं, असोज २४ । फुलपातीको दिन अर्थात बिहीबार (आज) देखि दशैँमा कुन बैंकले कसरी दिँदैछन ग्राहकलाई सेवा ? सूचीसहित) बिदा सुरु भएको छ ।

बिदासँगै आजदेखि सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था लगायत औपचारिक क्षेत्रका संस्थाहरूको सेवा बन्द भएका छन । तर, अत्यावश्यक रहेका क्षेत्रले भने दशैँमा कुन बैंकले कसरी दिँदैछन ग्राहकलाई सेवा ? सूचीसहित) बिदामा पनि आफ्नो सेवा दिइरहेका छन । यसरी सेवा दिनेमा गर्नेमा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन । यस्तै नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थानहरुले पनि दशैँमा पनि सेवा दिने बताएका छन ।

यस्तो छ बैंकहरूको दशैँमा सेवा

बैंक तथा वित्तीय संस्थाहरूले दशैँमा सेवाग्राहीको हितलाई ध्यानमा राखेर सीमित शाखाहरूमा आलोपालो सेवा दिने गरी व्यवस्था मिलाएका छन । यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन भने केही बैंकको तालिका प्रकाशन गरेका छैनन ।

बैंकहरूले यस अवधीमा शाखा खुला हुने काउन्टरहरूमा रकम जम्मा गर्ने र निकाल्ने सुविधा मात्रै हुने जनाएका छन । केही बैंकले भने जम्मा गर्ने र निकाल्ने सीमा समेत तोकेका छन ।

दशैँमा यस्तो छ बैंकका सेवा

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले ३६ वटा, अष्टमी÷नवमीको दिन २३ वटा, विजयादशमीको दिन ९ वटा, एकादशीको दिन १४ वटा र २० वटा शाखा सञ्चालन गरेर सेवा दिने जानकारी दिएको छ । ग्लोबल आइएमई बैंकका अनुसार यी शाखाहरू अरू दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र विजयादशमीको दिन १ देखि ३ बजेसम्म खुल्नेछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशभरका ४६ वटा शाखा खोलेर बिदाको समयमा सेवा दिँदैछ । विजयादशमीको दिन सम्पूर्ण शाखा बन्द गर्ने र बाँकी दिनमा एक वा दुई दिन शाखा सञ्चालन गर्ने बैंकको योजना छ । तालिका अनुसार सम्बन्धित दिनमा तीन घण्टा सेवा सञ्चालन हुनेछ ।

नबिल बैंक
नबिल बैंकले दशँै बिदामा देशभरका २९ शाखामार्फत आलोपालो सेवा दिने जनाएको छ । त्यसमध्ये खुम्बु क्षेत्रको पर्यटकीय बजार नाम्चेमा सबै दिन, काठमाडौँको तीनधारास्थित केन्द्रीय कार्यालयको शाखा शनिबारबाहेक हरेक दिन तथा केही शाखा दुई दिन र बाँकी एक दिन खुलाउने गरी नबिल बैंकले कार्यतालिका बनाएको छ । नबिल बैंकले जनाएअनुसार यस अवधिमा १० लाखसम्म जम्मा गर्न र २ लाखसम्म निकाल्न पाइने छ ।

प्रभु बैंक

प्रभु बैंकले विजयादशमीको दिनबाहेक अरू दिनमा शाखा खोल्ने बताएको छ । काठमाडौँ उपत्यकामा चार र उपत्यका बाहिरका ८ शाखाहरू बिहान १० देखि १ बजेसम्म खुला गरेर सेवा दिने सो बैंकले जनाएको छ ।

कृषि बिकाश बैंक

कृषि विकास बैंकले दशैँ बिदामा शनिबार र आइतबार सम्पूर्ण शाखा बन्द गर्ने जनाएको छ । फूलपातीको दिन मुख्य कार्यालयसहित २८ शाखा, अष्टमी÷नवमीको दिन २२ शाखा र द्वादशीको दिन ३२ शाखा सञ्चालन गरेर सेवा दिने सो बैंकको कार्यतालिका रहेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले फूलपातीको दिन १४ वटा, अष्टमी÷नवमीको दिन ६ वटा, एकादशीको दिन दुईवटा र द्वादशीको दिन सातवटा शाखा खुला गर्ने जनाएको छ । विजयादशमीको दिन सबै शाखाहरू पूर्ण रूपमा बन्द हुनेछन् । यो दिन १० देखि २ बजेसम्म शाखा खुला हुनेछन् । काठमाडौँका हिटी दरबार ९ देखि १२ बजेसम्म, पाटन १२ देखि ३ बजेसम्म र न्यूरोड ३ बजेदेखि ६ बजेसम्म खुला हुने सो बैंकले जनाएको छ ।

कुमारी बैंक

कुमारी बैंकले प्रत्येक प्रदेशमा दुई दिन र मधेसमा तीन दिन शाखा खुला गर्ने जनाएको छ । कुल ३४ वटा शाखामार्फत यो अवधिमा सेवा सञ्चालन हुनेछ । बिदाको दिन बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सेवा दिने सो बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले अरू प्रदेशमा आलोपालो गरी विजयादशमी बाहेक बाँकी चार दिनमा आलोपालो गरी बैंकिङ सेवा दिने जनाएको छ । सुदूरपश्चिम प्रदेशमा तीन दिनमात्रै शाखा खुल्नेछन । शाखा खुल्ने दिनमा १० देखि २ बजेसम्म सेवा सञ्चालन हुने सो बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले देशभरका ३९ शाखामार्फत दशँैको समयमा भौतिक रूपमै सेवा दिँदैछ । फूलपातीका दिन १५ वटा, अष्टमीको दिन १० वटा, एकादशीको दिन ६ वटा र द्वादशीको दिन ८ वटा शाखामार्फत सेवा सञ्चालन हुनेछ । यो अवधिमा कुनै शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म र केही दिउँसो २ बजेसम्म सञ्चालन हुने सो बैंकले जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि विजयादशमीको दिन बाहेक अरू सबै दिन सीमित शाखाबाट सेवा दिँदैछ । उक्त दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुने सो बैंकले जनाएको छ ।

एनआईशी एसिया बैंक

एनआईशी एसिया बैंकले विजयादशमी बाहेक बाँकी चार दिनमा देशभरका १६ शाखा खुला गर्ने जनाएको छ । त्यसमध्ये खिचापोखरी शाखा दिउँसो २ देखि ५ बजे र बाँकी बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सो बैंकले जनाएको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले ४९ शाखामार्फत पनि विजयादशमी बाहेक बिदामा अरू दिन आलोपालो सेवा दिँदैछ । सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शाखा खुला हुने बैंकले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंक विजया दशमीको दिन सम्पूर्ण शाखा, अष्टमी÷नवमीको दिन केन्द्रीय कार्यालय बाहेकको शाखा बन्द गर्नेछ । बाँकी दिनमा भने आलोपालो गरेर शाखा खुला गर्ने जनाएको छ । यो क्रममा ७० भन्दा धेरै शाखा खुल्ने सो बैंकले जनाएको छ । धेरैजसो शाखाहरू एक दिन र केही दुई दिन खुला हुने गरी आलोपालो मिलाइएको छ । शाखा खुला हुने दिन बिहान ११ देखि दिउँसो २ बजेसम्मको लागि समय तोकिएको सो बैंकले जनाएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले विजया दशमीको दिन बाहेक अरू दिन आलोपालो गरी शाखा खुला गर्ने जनाएको छ । शाखा खुला हुने दिन पनि ११ देखि २ र २ देखि ५ बजेसम्मको लागि फरक फरक समय निर्धारण गरिएको छ । यो क्रममा देशभरका २५ शाखा खुला हुने सो बैंकले जनाएको छ ।