काठमाडौं, असोज २६ । कोइराला परिवारका सदस्य एवं चर्चित अभिनेतृ मनिषा कोइरालाल निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउनु भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइ दिने क्रममा लाइनमा बसेर मनिषाले टीका ग्रहण गर्नुभएको हो ।
शनिबार निर्मल निवासमा दिउँसो ४ बजेपछि पुर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइ दिनुभएको हो । पूर्वराजाबाट टीका ग्रहणका लागि पूर्वपञ्चहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्