जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १४:४१

कात्तिक ४ गतेदेखि टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट हुने


डोटी, कात्तिक १

दिपायलमा यही कात्तिक ४ गतेदेखि टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक संस्था नयाँ समाज नेपाले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । लिगको कूल पुरस्कार राशि रु दुई लाख ११ हजार १११ रहने आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष सञ्चालन गरिन लागेको प्रतियोगिता विगतकै निरन्तरता रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरिका टोली सहभागी हुनसक्ने जानकारी दिनुभयो ।

प्रतियोगितामा १२ टोली सहभागी हुनसक्ने अपेक्षा गरिएको छ । प्रतियोगिता दिपायलको राजपुरस्थित खप्तड मैदानमा हुने भएको छ । शुरुआती खेलहरु लिगमा हुने र क्वार्टर फाइनपछि नकआउट चरणमा खेल हुने आयोजकले जनाएको छ ।